चितवन विशेष

चितवनको पहिलो एयर होस्टेज स्कुल ‘एरोटेक इन्टरनेशनल’ औपचारिकरुपमा सञ्चालन

Banner

चितवन, असार २५-

चितवनमा पहिलो एयर होस्टेज स्कुल एरोटेक इन्टरनेशनल औपचारिकरुपमा सञ्चालनमा आएको छ । स्कुलको भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले एक कार्यक्रमका विच उद्घाटन गरे ।

कार्यक्रममा खनालले जिल्लामा पहिलो एयर होस्टेज स्कुलको रुपमा सञ्चालनमा आएको एरोटेकलाई शुभकामना दिँदै एक पटक कागजपत्र लियर वडा कार्यालयमा आउन अनुरोध गरेका छन् । त्यस्तै एरोटेकलाई आवश्यक परेको खण्डमा वडाबाट हुने सम्पूर्ण सहयोग गर्ने र सञ्चालकहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्न उनले आग्रह गरेका छन् ।

एरोटेक इन्टरनेशनल स्कुलका सञ्चालक दिपकजंग जिसीले अबका बालबालिकालाई बढी प्रयोगात्मक शिक्षामा केन्द्रित गर्नुपर्ने बताए । भरतपुर महानगरपालिका–१० रिजालचोकको अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको एरोटेक इन्टरनेशनल स्कुलमा कतार एयरवेज, नेपाली एयरवेजमा लामो समय अनुभव संगालेका शिक्षकहरुले अध्ययन, अध्यापन गराउने व्यवस्था छ । त्यस्तै यहाँ अध्ययन गरेका विद्यार्थीलाई विभिन्न एयरलाइन्ससँगको सहकार्यमा प्रयोगात्मक कक्षा र रोजगारीको अवसर प्रदान गरिने व्यवस्था छ । कक्षा १२ उतिर्ण विद्यार्थीहरुले यसमा अध्ययन गर्न सक्ने जिसीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>