कर्पोरेट

चितवनमा ‘नेपो मसंग जब फेयर–२०२२’ हुँदै

Banner

चितवन, असार २५–

चितवनमा निजी क्षेत्रबाट पहिलो पटक ‘नेपो मसंग जब फेयर–२०२२’ (रोजगार मेला) हुने भएको छ । यही असार २८ गते भरतपुरस्थित सिजी फर्न रिसोर्ट सिजी ल्याण्डमार्कमा नेपो फिनिसिङ इण्डष्ट्रीजको प्रायोजनमा एक दिने ‘नेपो मसंग जब फेयर–२०२२’ हुन लागेको हो ।

मेला विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुने आयोजक मसंग जबका प्रमुख पवन थापाले जानकारी दिए । यस रोजगार मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कम्पनीहरु क्लासिक टेक नेटवर्क, मनकामना ग्रुप, सिजी, माई स्पेस, सुबिसु जस्ता चितवनलगायत देशभरका १५–२० वटा कम्पनीहरुको प्रत्यक्ष सहभागि रहने थापाले जानकारी दिए ।

चितवन लगायत देशका विभिन्न ठाउँहरुमा रोजगारीको अवसर खोजि रहेका नवप्रवेशी लगायत उपयुक्त कम्पनीको खोजीमा रहेको सम्पूर्ण व्यक्तिहरुलाई ‘नेपो मसंग जब फेयर–२०२२’ (रोजगार मेला) एक कोसे ढुङ्गा साबित हुने आयोजकले अपेक्षा गरेको छ । । यस मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

जागिरको खोजीमा रहेकाहरुले तत्कालै निश्चित प्रक्रिया पुरा गरि सोही ठाउँमै अन्तरवार्ता दिन सक्ने छन् । कम्पनीको आवश्यकता अनुसार सबै कुरा मेल भएमा त्यतिबाट आवश्यक कर्मचारी छनोट समेत गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>