कर्णाली
बुढीगंगा नगरपालिकाः २,९३७ मतगणना हुँदा एमालेको अग्रता
०

बाजुरा,असार २५-
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता बढाउँदै लगेको छ । २,९३७ मतगणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले १,७३२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले १,०३० मत ल्याएका छन् । उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १,६८७ ल्याएकी छन् । कांग्रेसकी रिता शाहीले १,०६७ मत ल्याएकी छन् ।
वडा नम्बर १ र १० मतगणना सम्पन्न भइसकेको छ । दुवै वडामा एमाले विजयी भएको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























