चितवन विशेष
मादक पदार्थ सेवन गरी अर्काको घरभित्र पसेर बलात्कार गरेका शिक्षक चितवनबाट पक्राउ
०

चितवन,असार २४-
बलात्कार आरोपमा उच्च अदालत कास्कीबाट ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना भएका एक व्यक्तीलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका १५ पिठुवा बस्ने ५४ वर्षीय भरत ढकाल रहेका छन्। २०६९ साल चैत ३ गते ढकालले मादक पदार्थ सेवन गरि घरमा कोही नभएको मौका पारेर एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो।
ढकाल त्यतिबेला तारा उच्च माध्यमिक विधालयका शिक्षक रहेका थिए। २०७१ फागुनमा उच्च अदालत कास्कीले ढकाललाई उक्त सजाय गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























