देश/प्रदेश

नागरिकता वितरणको बाधा हटाउन विधेयक फिर्ता लिएको, अर्को विधेयक आजै तयार हुन्छ: गृहमन्त्री

Banner

काठमाडौं, असार २४-

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभामा गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।

उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् ।

साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्को नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>