अर्थ

आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति बनाउने राष्ट्र बैंकको तयारी

Banner

काठमाडौँ, असार २४-

नेपाल राष्ट्र बैंकको आउँदो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंकले सकभर यसै महिनाको अन्तिममा नत्र साउनको पहिलो हप्ता काम सकेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले कसिलो मौद्रिक नीति बनाउने तयारी गरिरहँदा निजी क्षेत्रले भने लचक मौद्रिक नीतिको अपेक्षा गरेको छ ।

विभिन्न सरकारी तथा निजी क्षेत्रका सङ्घ संस्थाको सुझाव लिएर अहिले मौद्रिक नीति निर्माणको काम अन्तिम चरणमा पुगेको राष्ट्र बैंकले जानकारी दियो । राष्ट्र बैंकले आउँदो वर्षको मौद्रिक नीति कसिलो हुने सङ्केत दिइसकेको छ । ब्याजदर बढ्ने, आयातमा कडाइ, विदेशी मुद्राको सञ्चिति बढाउने, बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित लगायतका विषय मौद्रिक नीतिमा समेट्ने तयारी भएको छ ।

यस्तै, बजेटले लिएको लक्ष्य अनुसार ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा मौद्रिक नीति केन्द्रित हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>