चितवन विशेष

चितवनका डाक्टरमाथि आक्रमणको प्रयास गर्नेलाई कारवाही नगरे देशव्यापी आन्दोलनको चेतावनी

Banner

चितवन,असार २४-

चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कार्यकारी निर्देशक डा देजकुमार गौतममाथि भएको आक्रमण प्रयासको सर्वत्र निन्दा र भत्र्सना भएको छ । स्वास्थ्यकर्मी सम्बद्ध विभिन्न संघ संगठनहरुले विरोध जनाएका हुन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले एक विज्ञप्ति प्रकाशित गरी दोषीलाई कारवाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघका महासचिव डा. सन्तोष पौडेलले जारी गर्नुभएका विज्ञप्तिमा उक्त घटनाप्रति खेद प्रकट गरिएको छ ।

अस्पतालको नियमित काममा रहेकै अवस्थामा आफ्नै कार्यकक्षमा अस्पतालका कार्यकारी निर्देशकमाथि नै यस्ता खालका अमानवीय एवं हिंस्रक घटना हुनुले समग्र स्वास्थ्यकर्मीहरुमाथि नै त्रास र असुरक्षा महसुस भएको विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ “यस्ता कुकृत्यमा संलग्न सबै दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐनको (पहिलो संशोधन) अध्यादेश २०७९ अनुसार कुनै आग्रह पूर्वाग्रह नराखी कडाभन्दा कडा कारवाही गर्न जोडदार माग गर्दछौं ।” विज्ञप्तिमा कारवाही नभए देशव्यापी विरोधका कार्यक्रम ल्याउन महासंघ बाध्य हुने चेतावनी दिईएको छ ।

डा.गौतममाथि बिहीबार दिउँसो उहाँकै कार्यकक्षमा माओवादी कार्यकर्ताले हातपातको प्रयास गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>