देश/प्रदेश
काठमाडौंमा चल्न थाले साझाका बिजुली बस, अझै ३७ बस आउने क्रममा
०

काठमाडौँ, आसर २३-
काठमाडौँ उपत्यकामा आज बिहीबारदेखि साझा यातायातले सेवा विस्तार गरेको छ । पहिलो चरणमा ल्याएका साझाका तीन वटा बिजुली बसले काठमाडौंंमा सेवा सुरु गरेको हो । बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरिएको थियो ।
बिहीबार साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बसहरुको सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । थापाका अनुसार उक्त बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा मात्रै सेवा दिने छ ।
यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ । त्यस्तै अब बाँकी रहेका ३७ वटा बस पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले बताए । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























