Breaking News

अर्थमन्त्रीमाथि छानबिन गर्न एमालेका चारसहित ११ सदस्यीय संसदीय समिति गठन

Banner

काठमाडौं, असार २२-

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहनेछन् । जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना रहने बताइएको छ । समितिको संयोजक सदस्यहरूबाट चयन हुने समझदारी भएको छ । दलहरुले समितिमा नाम सिफारिस गरेपछि कुन पार्टीबाट को को परे भन्ने जानकारी हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>