देश/प्रदेश

सिद्धाराको गाँउमा पहलो पटक बिजुली पुगेपछि…

Banner

अर्घाखाँची, असार २२-

शितगंगा नगरपालिका-९ का विभिन्न गाउँमा पहिलो पटक बिजुली पुगेको छ । साबिकको सिद्धारा गाबिसको पाँकुरी, देउराली, ठाडाखोला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेको हो । गाउँ पुगेको बिजुली बत्तीको स्विच अन गरेर पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भम केसीले गरे ।

विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको बिजुली विस्तारअन्तर्गत शितगंगाको बिकट गाउँमा बिजुली पुगेको हो । गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानीयले नाच गान र गरेका थिए । पहिलो चर०ामा यहाँका एक सय ६० घरमा बिजुली पुगेको हो ।

कार्यक्रममा माले प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेले जनताले विकासप्रेमी जनप्रतिनिधि छनोट गर्न सके विकास निर्माणाले गति लिने बताए ।

प्रदेशसभा सदस्य रामजी घिमिरेले शितगंगा नगरपालपकाको बिकट भनेर चिनिने सिद्धाराको बिकासमा प्रदेस सरकारबाट आवश्यक बजेट ब्यवस्थापन भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>