Breaking News

अर्थ मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, नभए हटाउनुपर्छः गगन थापा

Banner

काठमाडौं,असार २०-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । आज सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो । अर्थ मन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।

महामन्त्री थापाले अर्थ मन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसबारेमा एक्शन लिनुपर्छ । मेरो बुझाइमा अर्थ मन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ । यसबारेमा तत्काल छानबिन गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>