देश/प्रदेश

ठूलो ढुङ्गा खस्दा वडा कार्यालयको भवनमा क्षति

Banner

रुकुम, असार २०

आज बिहान ठूलो ढुङ्गा खसेर लाग्दा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको वडा कार्यालयमा क्षति पुगेको छ ।

कार्यालयभन्दा माथिबाट खसेको ढुङ्गाले वडानम्बर ३ कार्यालयको बैठक हलको दुईतर्फको भित्ता भत्किएको हो । माथिबाट आएको ढुङ्गाले पक्की भवन रहेको कार्यालयको बैठक कक्षको दुवै तिरको भित्ता फोडेको छ ।

त्यस्तै वडाअध्यक्ष हेराम खड्काका अनुसार ढुङ्गाले गेट, दुई तिरको भित्ता, बैठक कक्षमा भएका कुर्सी, तारबार लगायतमा क्षति गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>