देश/प्रदेश
काठमाडौंको बल्खुमा गाडीको ठक्करबाट छोराको मृत्यु, आमा घाइते
०

काठमाडौँ, असार १९-
काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा १३ च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा योगिता भने घाइते भएको र योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनामा संलग्न चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























