देश/प्रदेश

१७ वर्षीय शाहीको मृत्यु प्रकरणमा अछाम मेयर अम्बिका पक्राउ

Banner

धनगढी, असार १९-

अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर पक्राउ परेकी छन्।

प्रहरीले आइतबार १७ वर्षीय विनोद शाही मृत्यु भएको घटनामा मृतकका आफन्तले किटानी जाहेरी दिएपछि मेयर अम्बिका चलाउनेलाई पक्राउ गरिएको हो । विनोदको हत्या आरोपमा १३ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका थिए। तर अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ परेका अरुको नामभने अहिले सार्वजनिक गर्न नमिल्ने बताए। प्रहरीको भनाइ अम्बिका चलाउनेनुसार हाल सम्म सात जना पक्राउ परेका छन् भने छ जनाको खोजी जारी रहेको छ।

१० कक्षामा पढ्ने विनोद जेठ १७ गतेदेखि बेपत्ता थिए र उनको शव जेठ २१ गते घर नजिकैको जंगलमा फेला परेको थियो। उक्त घटनाबारे सिआइबीले पनि अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>