देश/प्रदेश
आगामी निर्वाचनका लागि यस्ता छन् प्रचण्डका ७ रणनीति

काठमाडौँ, असार १९-
आगामी निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले ७ वटा रणनीति तयार गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको १० बुँदे संक्षिप्त राजनीतिक प्रतिवेदनमा आगामी चुनावका लागि ७ वटा रणनीति अघि सारेका हुन् ।
यस्ता छन् प्रचण्डका ७ चुनावी रणनीति
१.सम्पूर्ण केन्द्रीय समितिका सदस्यहरुलाई निर्वाचन केन्द्रित कार्यक्रम बनाई ठोस कार्यविभनसहित निर्वाचन क्षेत्रमा पठाउने ।
२. संघ र प्रदेशमा जनसहभागितासहित चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने ।
३. संघीय तथा प्रदेश निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने
४.संयुक्त मोर्चा, गठबन्धनमा सहभागी दल र विपक्षीको अवस्थाको अध्ययन गर्ने ।
५. निर्वाचन क्षेत्र आधारित संगठन परिचालन, स्थितिको आङ्कलन र जनताको अपेक्षाको आधारमा निर्वाचनमा विजयी बन्ने रणनीति बनाउने ।
६. सम्भावित उम्मेदवारको सूची तयार गर्ने ।
७. दक्षिणपन्थी र प्रतिगामी शक्तिलाई पराजित गर्न सबै ढंगले चुनावी रणनीति तयार गर्ने

























