अन्तर्राष्ट्रिय

भियतनाम युद्धकी प्रतीक फान थिक भन्छिन्– अब म ‘नेपल्म गर्ल’ रहिन

Banner

नोम पेन, असार १९-

भियतामी युद्धको प्रतीक किम फुक फान थिको ५० वर्षपछि छालाको अन्तिम उपचार पूरा भएको छ । जलेको र पीडामा चिच्याएको उनको तस्बीर भियतनामी युद्धको परिणामको प्रतीक बनेको थियो । सन् १९७२ मा दक्षिण भियतनामी लडाकु विमानले नेपल्म ९रसायनिक पदार्थ० लाई खसालेपछि बिना कपडा सडकमा दौडिरहेको र पीडामा चिच्याइरहेकी ९ वर्षीया किम फुक फान थिको तस्बीले संसारभर तरंग ल्याएको थियो ।

सन् १९७२ को जुनमा तस्बीर खिच्ने फोटोग्राफर निक उटले उनलाई मेडिकल उपचारका लागि लगेका थिए । उक्त तस्बीरका लागि एसोसिएटेड प्रेस फोटोग्राफरले पुलित्जर पुरस्कार जितेका थिए । सो घटनापछि थीलाई ‘नेपल्म गर्ल’ उपनाम दिइएको थियो । सन् १९९२ सम्म भियतनाममा बसेकी उनी श्रीमानसँगै क्यानडामा बसोबास गर्न थालेकी थिइन् । अहिले पनि उनी क्यानडामै नै बसोबास गर्छिन् ।

यसै साता ५९ वर्षीया थीले मियामी डर्मेटोलजी र लेजर इन्स्टिच्युटमा उनको १२औँ र अन्तिम चरणको लेजर उपचार पूरा भएको छ । शल्यक्रियापछि उनले फोटोग्राफर पनि भेटेकी थिइन् । उनले आफ्नो जीवन बचाएको श्रेय पनि उनै फोटोग्राफरलाई दिँदै आएकी छिन् । ‘अब ५० वर्षपछि म युद्धको सिकार छैन म नेपल्म केटी होइन । अब म साथी हुँ, सहयोगी हुँ, म हजुरआमा हुँ’ फानले भनिन् । यसअघि उनलाई नेपल्म लेडीको रूपमासमेत चिनिन्थ्यो ।

उनले भनिन्, ‘ सबैले प्रेम, आशा र क्षमाका साथ बाँच्न सकून्, र यदि सबैले यसरी बाँच्न सिक्छन् भने हामीलाई युद्धको आवश्यकता पर्दैन् ।’ एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>