देश/प्रदेश

माओवादी नेताले कार्यकर्तालाई खुट्टा ढोगाएपछि…

Banner

विराटनगर,असार १९-

नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले आफ्नो विवाह वार्षिकोत्सवमा कार्यकर्तालाई खुट्टा ढोगाएको भिडियो सार्वजनिक भएको छ । शनिबार बेलुकाको कार्यक्रमको भिडियोमा माओवादीका कार्यकर्ताले नेता मण्डलको खुट्टा ढोगेको देखिन्छ । तर मण्डलले ती कार्यकर्तालाई रोक्ने कोसिससमेत नगरी खुट्टा ढोग्न दिएको देखिन्छ ।

वैवाहिक वर्षगाठ मनाउन भन्दै शनिबार बेलुका देवा यादवसहितका माओवादीका कार्यकर्ताहरु विराटनगर महानगरपालिका वडा नं. १ स्थित मण्डलको घर पुगेका थिए । केक काटेपछि कार्यकर्ताहरुलाई उनले टीका लगाइदिन्छन् । टीका थापेका कार्यकर्ता देवा यादवले मण्डलको खुट्टा ढोग्छन् ।

मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मण्डल पूर्वमन्त्री पनि हुन् । सामाजिक सञ्जालमा कार्यकर्तालाई खुट्टा ढोगाएको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ । तर मण्डल भने यो आफूहरुको पारिवारिक संस्कार भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>