कर्णाली

जुम्लामा चट्याङले ८० भेडा मरे, ३ सय हराए

Banner

जुम्ला,असार १८-

जुम्लाको पातारासी गाउँपालिकाको बागजाले पाटनमा चट्याङले ८० भेडाबाख्रा मरेका छन्। हिजो दिउसो ३ बजे पातारासीको बागजाले पाटनमा परेको चट्याङले ८० भेडाबाख्रा मरेको पातारासी गाउँपालिकाका पशु प्राविधिक हरि कामीले जानकारि दिएका छन्।

पातारासी गाउपालिका ४ लुम गाउँका ५ जना भेडापालक कृषकका भेडा मरेका हुन। बथानमा भएका ३८० मध्य ८० भेडा मरेका छन् भने ३०० सय भेडा हराइरहेका छ्। पातारासी ४ लुमका जोरा रोकायाका भेडा १८, राम ब रेउले का २२, शङ्कर नेपाली का १० , धर्म रेउले का २० र मान ब रोकायाका भेडा १० गरि ८० भेडा मरेको प्रहरी चौकी डिल्लिचौर का प्रमुख बुद्दि साउदका ले जानकारि दिएका छन्।

बगालनै रित्तो भएपछि भेडापालक चिन्तित भएका छन्। क्षतिपूर्ति का लागि उनिहरुले हारगुहार गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>