Breaking News

सरकारले नै भन्योः बजारको मूल्यवृद्धि नियन्त्रणभन्दा बाहिर गयो

Banner

काठमाडौं,असार १८-

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रणभन्दा बाहिर गइरहेको बताएका छन्। शनिबार विभागमा पत्रकार सम्मेलन गर्दै वाणिज्य मन्त्रालयको निर्देशनअनुसार देशभर एकसाथ, एकैसमय बजार अनुगमन गएिको विषयमा जानकारी दिँदै यस्तो बताएका हुन्।

उनले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्य वृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर रहेको पाइएको बताए। महानिर्देशक शर्माले पेट्रोलिय पदार्थको एक वर्षमा १०४ प्रतिशत मूल्यवृद्धि भएकाले वस्तुको मूल्यवृद्धि भएको बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा माननीय मन्त्रीज्यूको उपस्थितिमा उपभोक्ता हक अधिकारको संरक्षण, स्वच्छ बजार प्रवर्द्धन तथा अवाञ्‍छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणको लागि जिम्मेवार तथा उत्तरदायी संघीय सरकारअन्तर्गतका नियामक निकायहरु एवं संविधान तथा प्रचलित कानून बमोजिम यस्तो जिम्मेवारी पाएका प्रदेश तथा स्थानीय तहहरुको विचमा समन्वय कायम गरि क्रियाशिल हुने भन्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>