देश/प्रदेश

थाइल्याण्डबाट नेपाल आएका यात्रुको सुटकेसको ह्‌यान्डल नै सुनको

Banner

काठमाडौँ, असार १८-

थाइल्याण्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ । शुक्रबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको छ । शुक्रबार राति नै तुलाधरलाई नेपाल प्रहरीको हिरासतमा राखि भन्सार कार्यालयले विस्तृत अनुसन्धान प्रारम्भ गरेको छ ।

त्यस्तै सुनको अवैध आयातमा रोकेश तुलाधर एक्लै संलग्न थिए वा अरू व्यक्तिको पनि संलग्नता थियो भन्ने विषय भने थप अनुसन्धानबाट खुल्दै भन्सार कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>