देश/प्रदेश
देशका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह, सोमबारदेखि सुधार आउने
०

काठमाडौँ, असार १८-
हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, लुम्बिनी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले हल्का देखि मध्यम वर्षा भएको हो ।
हाल प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दियो । आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























