देश/प्रदेश
झापाको बुद्धशान्तिमा हात्ती मृत फेला
०

झापा, असार १७-
झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताउनुभयो । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























