Breaking News

भरतपुर विमानस्थल धेरै यात्रुको चाप हुने विमानस्थलमध्ये १० औं भित्र, गत वर्ष दुई लाख बढीले सेवा लिए

Banner

चितवन, असार १६

भरतपुर विमानस्थल धेरै यात्रु चापको आधारमा नेपालकै दशौं ठूलो विमानस्थल बनेको छ ।

एक वर्षमा यात्रुले लिएको सेवाको आधारमा पर्यटन मन्त्रालयको तथ्यांक अनुसार भरतपुर विमानस्थल दशौं धेरै यात्रुले सेवा लिने विमानस्थल हो ।

नेपालका ३३ वटा विमानस्थलमध्ये सबैभन्दा धेरै यात्रुको चापहुने विमानस्थलमा एक नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दोस्रोमा बिराटनगर विमानस्थल, तेस्रोमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, चौथोमा पोखरा विमानस्थल, पाँचौंमा नेपालगञ्ज विमानस्थल, छैठौंमा झापाको चन्द्रगढी विमानस्थल, सातौंमा सिमरा, आठौंमा जनकपुर, नवौंमा धनगढी र दशौंमा भरतपुर विमानस्थल रहेका छन् ।

भरतपुर विमानस्थलका निमित्त प्रमुख दिपक विकका अनुसार भरतपुर विमानस्थलबाट सन् २०२१ मा ६१ हजार ८०० यात्रु आएका छन् भने एक लाख चार हजार ११७ यात्रु बाहिरिएका छन् । त्यसैगरी यो वर्ष सन् २०२२ जुन ३० सम्म ६१ हजार ८०० यात्रु आएका छन् भने ६५ हजार ६४२ यात्रु बाहिरिएका छन् । उनले सडकको अवस्थाको कारणले पनि भरतपुर विमानस्थलमा हवाइ यात्रुहरुको चाप बढ्दै गएको बताए । उनले भने, ‘ सडकको अवस्था र मानिसलाई जहाज चढ्ने बानी परेकोले पनि हवाइ यात्रु बढे ।’ उनले गत वर्ष कोरोनाको कारणले गर्दा पनि हवाइ यात्रु केही घटेकोले यो वर्ष बढ्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार देशभर अहिले ५३ वटा विमानस्थल निर्माण सम्पन्न भएको अवस्थामा रहेका छन् । देशमा कुल २० वटा वायुसेवा कम्पनी (हेलिकप्टरसहित)ले सेवा दिइरहेका छन् । तर, यात्रुको चाप पहाड र हिमाली भेगमा भन्दा तराई भेगका विमानस्थलमा केन्द्रित छ । पहाड र हिमालमा पर्यटकीय गन्तव्यमा भने यात्रुको चाप देखिन्छ । त्रिभुवन विमानस्थलबाट एक वर्षको अवधिमा कुल ३५ लाख ७६ हजार ९४२ जना आन्तरिक यात्रु ओहोर दोहोर गरेका छन् । जसमध्ये १७ लाख ९७ हजार ४०३ जना यात्रु भित्रँदा १७ लाख ७९ हजार ५३९ जना यात्रु भने बाहिरिएका छन् । काठमाडौंभन्दा बाहिरका ३२ वटा विमानस्थलबाट भने कुल ४१ लाख ४८ हजार ४७६ जना यात्रु ओहोर दोहोर गरेको देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>