देश/प्रदेश
बुधबार राति घाटमा जलाउँदै गरेको १४ वर्षे किशोरीको शव शंकास्पद देखिएपछि प्रहरी नियन्त्रणमा
०

पर्सा, असार १६-
पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । छपकैयास्थित आर्यघाटमा आधा जलेको अवस्थामा प्रहरीले शंकास्पद रुपमा मृत्यु भएको भन्दै १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको हो ।
महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । घटनाबारे सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको थियो ।
त्यस्तै शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएको छ । भने घटनाबारे अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























