देश/प्रदेश
बुटवलमा जंगली च्याउ खाँदा ६ जना सिकिस्त बिरामी
०

बुटवल, असार १६-
बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त परेका छन् । बिरामी परेका सबैको बेहोस् अवस्थामा उद्धार गरिएको हो ।
बिरामीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार बिरामी हुनेमा बुटवल उपमहानगरपालिका-१२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























