चितवन विशेष

भरतपुरमा अपाङ्गता भएका ६ जनालाई कृतिम हातखुट्टा वितरण

Banner

चितवन, असार १५-

भरतपुरमा ६ जना अगाङ्गता भएका नागरिकलाई कृतिम हातखुट्टा बितरण गरिएको छ ।

भरतपुर महानगरपालिकाले आर्थिक सहयोगमा अपांग समाज चितवनले सो सामग्री वितरण गरेको हो । जसअन्तर्गत एके खुट्टा दुई वटा, बिके खुट्टा दुई वटा र क्यालिपर तीन वटा गरी सात थान अपांगता सामग्री बितरण गरिएको छ । संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले अपांगतामैत्री समाजको खाँचो रहेको बताए । अपाङ्गता सहायक सामग्री बितरण कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले अपांगता भएको व्यक्तिको जिन्दगीमा सुधार ल्याउनु सजिलो कार्य नभएको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>