Breaking News

लोकप्रिय बन्दै नवलपरासीको दाउन्ने फ्लोर मिल्स, एक वर्षमा गर्‍यो ७२ करोडको व्यापार

Banner

नवलपरासी, असार १५-

नवलपरासी(दाउन्ने पश्चिम) को दाउन्ने फ्लोर मिल्सले २०२१ मा ७२ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ ।

चाउचाउ उद्योगहरुमा मैदाको माग बढेसँगै उद्योगको व्यापार बढेको हो ।

रामग्राममा उद्योग रहेको दाउन्नेले गहुँलाई प्रशोधन गरेर मैदा उत्पादन गर्दै आएको छ । कम्पनीसँग दैनिक १८० टन मैदा र दैनिक ६० टन आँटा उत्पादन गर्ने क्षमता छ । दाउन्ने गोल्ड ब्राण्डबाट कम्पनीले देशको मध्य र पश्चिम क्षेत्रमा बिक्री गर्दै आएको छ ।

कम्पनीले २०२० मा ६७ करोड २० लाख र २०१९ मा ४५ करोड १० लाख रुपैयाँ कारोबार गरेको थियो पिठोको बिक्री बढ्दा कम्पनीको कारोबार निरन्तर बढ्दै गएको छ।

गणेशप्रसाद पोखरेल अध्यक्ष रहेको कम्पनीको व्यवस्थापन सुनिल शर्मा बोहोराले महाप्रबन्धकको रुपमा नेतृत्व गरिरहेका छन् । कम्पनीले मैदा, आँटा, चक्की आँटा, चोकर, सुजी र दलियालगायतका प्रडक्ट उत्पादन गरी बिक्री गर्दै आएको छ ।

कम्पनीले पास्ता, चाउचाउ, बिस्कुटलगायतका उद्योगहरुलाई मैदा बिक्री गर्दा कम्पनीको वित्तीय अवस्थामा उल्लेख सुधार देखिएको केयर रेटिङ्स नेपालले जनाएको छ । कम्पनीले उत्पादन गर्ने पिठो एक केजीदेखि ५० केजीको प्याकेजिङमा उपलब्ध छ ।

कम्पनीले ५६ करोड २२ लाख रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ गराएको हो । २२ करोड २१ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि एनपीबी प्लस र ३४ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपीए फोर रेटिङ दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>