चितवन विशेष

भरतपुरको सप्तगण्डकी क्याम्पस प्राध्यापक संघको सभापतिमा रेग्मी निर्वाचित

Banner

चितवन, असार १५-

पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालअन्तर्गत सप्तगण्डकी बहुमुखी क्याम्पस इकाइमा अर्थशास्त्र विषयका उपप्राध्यापक नारायणप्रसाद रेग्मी निर्वाचित भएका छन् ।
गत वर्ष भएको प्राध्यापकको संघ इकाइ समितिको निर्वाचनबाट निर्वाचित भएका ११ सदस्यमध्येबाट मंगलबार पुन भएको निर्वाचन प्रक्रियाबाट रेग्मी सभापतिमा निर्वाचित भएका हुन् । ध्यान, योग र जीवनदर्शनमा विशेष चासो राख्ने रेग्मीले सहायक क्याम्पस प्रमुखको रुपमा एक कार्यकाल काम गरेका थिए ।

एकाइको उपसभापतिमा रुद्रप्रसाद चालिसे, सचिवमा भूपेन्द्र खड्का, सहसचिवमा दिपक अधिकारी र कोषाध्यक्षमा लक्ष्मी पोखरेल चयन भएका छन् । त्यसैगरी प्राध्यापक संघको सदस्यहरुमा ओमप्रसाद पोखरेल, यमबहादुर विक, विष्णु ज्ञवाली, रामकृष्ण खनाल, गंगादेवी सुवेदी भट्टराई र गिरीराज उपाध्याय रहेका छन् । सभापति को बन्ने भन्ने विषयमा क्याम्पसमा प्राध्यापकहरुको अन्तरद्वन्द्वको कारणले लामोसमयसम्म प्राध्यापक संघ इकाइको सभापति चयन हुन सकेको थिएन । नयाँ प्रक्रियाबाट सभापति चयनमा महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन मण्डलका संयोजक बसन्तराज लामिछानेले लामोसमयपछि धेरै गहन छलफल र अन्तरक्रिया गरेर निर्वाचन प्रक्रियामार्फत् प्राध्यापक संघ सप्तगण्डकी इकाइको सभापति चयन गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>