Breaking News

कुरिनटारमा तालिम लिएका सशस्त्र प्रहरीका उद्दार टोलीलाई सातै प्रदेशमा खटाइयो

Banner

चितवन,असार १५-

विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं उपत्यकाभित्र दुई स्थानमा राखिएको छ । त्यसबाहेक ७ वटै प्रदेशमा प्रदेश स्तरीय विपद् उद्दार टिम खटाइएको उनले बताए । खड्काका अनुसार १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति परिचालन गरेर तयारी अवस्थामा राखिएको छ । यसरी खटाइएकामध्ये ५६ जना गोताखोरको तालिम प्राप्त जनशक्ति छन् ।

‘विभिन्न क्षेत्रमा उत्पन्न हुनसक्ने प्रकोपको समयमा उद्दार गर्नका लागि उनीहरुलाई प्रदेश १ को सुनसरी, बागमतीको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको शमशेरगञ्ज र सुदूपश्चिमको कैलालीमा गरी ६ स्थानमा तयारी अवस्थामा राखिएको छ’ खड्काले भने । यसबाहेक सशस्त्र प्रहरीका हरेक युनिटमा जल उत्पन्न प्रकोपको प्रतिकार्यका लागि खोज तथा उद्दारका आधारभूत उपकरणसहित २४ सै घन्टा उद्दार टोली तयारी अवस्थामा रहने व्यवस्था गरिएको खड्काले बताए ।

उद्दारका लागि आवश्यक आधुनिक सामग्रीलाई प्रदेश स्तरीय विपद् उद्दार टिमले प्रयोग गर्ने गरी राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>