कृषि

चितवनमा भोलि धान दिवस मनाइँदै, २० प्रतिशतले बढ्यो चैते धानको उत्पादन

Banner

चितवन, असार १४-

असार १५ को अवसरमा १९ औं राष्ट्रिय धानदिवस चितवनमा पनि विविध कार्यक्रम गरेर भोलि मनाइने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवनले जिल्लाको दुई ठाउँमा दिवस मनाउन लागेको हो ।

भोलि बिहान ८ बजे खैरहनी नगरपालिका वडा नंं १३ मा मेसिनबाट धान रोपिने छ । भरतपुर महानगरपालिका वडा नं. २५ मा दिउँसो १ बजे प्रतियोगितात्मक कार्यक्रमहरु सहित धान रोपिने परियोजनाले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको हो ।

सम्मेलनमा परियोजनाका वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले बीउ उपचार, मिनील्याब स्थापना र माटो सुधारको क्षेत्रलगायतमा काम गरिरहेको जानकारी दिए ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले धानबालीमा लाग्ने रोग अहिले घट्दै गएको जानकारी दिएका छन् । गत ४ वर्षमा चैते धानको उत्पादनकत्व करिब २० प्रतिशतले बढेको उनको भनाइ छ ।

रोगहरुको प्रकोपमा कमी, कृषकहरुम ाव्यवस्थापन सचेतना वृद्धि हुँदा उत्पादन बढेको बताए । नयाँ जातका धानको बीउ प्रयोग, कृषि मेसिनहरुको प्रयोगले पनि उत्पादन वृद्धिमा सहयोग पुगेको बताए । चितवनको कुल क्षेफल दुई लाख २१ हजार ८०० रहेको छ । जसमा ३३ हजार ८३६ हेक्टर कुल खेती योग्य जमिन छ । गतवर्ष ३० हजार ५०० हेक्टरमा वर्षे धान र चैते धान खेती गरिएको थियो । यस वर्ष पनि सोही क्षेत्रफलमा खेती हुने परियोजनाले अनुमान गरेको छ । यहाँको ७३ प्रतिशत जमिनमा सिँचाइ पुगेको छ । यहाँ सावित्री, सावा मसुली सब १, स्वर्ण सब १, हर्दिनाथ १, चैते ५, बहुगुणी १ र २, शुखाधान ३ नामका धान बढी खेती गरिने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>