चितवन विशेष

सप्तगण्डकी क्याम्पसका पूर्वक्याम्पस प्रमुख अधिकारी बने बामदेवको पार्टीको केन्द्रीय सदस्य

Banner

चितवन, असार १४-

बामदेव गौतमले आज घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय सदस्यमा चितवनका रामप्रकाश अधिकारी चयन भएका छन् । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर ७५ जना केन्द्रीय सदस्य रहने नयाँ राजनीतिक दल घोषणा गरेका हुन् । त्यसमध्ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन् ।

चितवनबाट केन्द्रीय सदस्य रहेका अधिकारी भरतपुर महानगरपालिका–११ पोखरीचोकका स्थायी बासिन्दा हुन् । उनी भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख हुन् भने पुष्पलाल अध्ययन प्रतिष्ठानमा सक्रिय रहँदै आएका थिए । उनी एमाले निकट प्रगतिशिल प्राध्यापक संगठनमा पनि रहेर काम गर्दै आएका थिए । त्यसैगरी चितवनबाट सरस्वती अधिकारी पनि नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रीय सदस्य बनेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>