देश/प्रदेश

भीषण वर्षाका कारण बुटवलका सडक जलमग्न

Banner

सिद्धार्थनगर, असार १४-

भीषण वर्षाका कारण बुटवलका सबैजसो सडक जलमग्न भएका छन् । सडक जलमग्न र हिलाम्य भएपछि पैदलयात्रीलाई समस्या भएको छ भने सवारी आवागमन अवरुद्ध भएको छ । मुख्य बजार क्षेत्रमै सडकको पानीको उचित निकास नहुँदा निर्माणाधीन सडकबाटै भेल बगेको हो । कालिकानगरको मुख्य सडक, अस्पताल क्षेत्रमा पानी जमेको छ भने तिनाउ नदीमा पानीको सतह बढेको छ ।

लामो समयदेखि चर्चाको विषय बनेको राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक विस्तारको काम समयमै नहुँदा यो समस्या आएको हो । तीन वर्षमा सक्ने लक्ष्यसहित २०६८ सालमा सुरु भएको बुटवल–बेलहिया ६ लेन सडक मुद्दामामिला र स्थानीयको विरोधका कारण तीन वर्ष रोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>