प्रवास
अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बर बढीले वृद्धि
०

काठमाडौं,असार १४-
अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ । सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्नराष्ट्रिय जनगणनाको आंशिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको छ ।
यस्तै, पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये सबैभन्दा बढी भारतीयहरु छन् । चीन र न्युजिल्याण्डलाई पछि पार्दै भारतले आफ्नो संख्या बढाएको हो । जनगणनाको बीचमा भारतमा जन्मेका करिब २ लाख २० हजार अष्ट्रेलियाबासी भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























