Breaking News

भरतपुरमा घाँटीको सिक्री लुछेर भाग्ने गिरोह सक्रिय, घाँटीको घाउसहित पीडित प्रहरीमा

Banner

चितवन, असार १२-

भरतपुर महानगरका विभिन्न ठाउँमा मोटरसाइकलमा आएर घाँटीको सिक्री लुछेर लैजाने घटना बढ्दै गएको छ । यस्ता घटनाका आशंकामा प्रहरीले विभिन्न क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको छ । घटना धेरै नै बढेपछि भरतपुरका विभिन्न क्षेत्रका पीडितहरु उजुरीका लागि आज जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरीलाई उजुरी गरेका छन् ।

कतिपय पीडितहरुले टेलिफोनबाट त कतिपयले भेटेर नै प्रहरीलाई गुनासो गरिरहेका छन् । प्रहरीले पनि लिखित उजुरी दिन पीडितहरुलाई आग्रह गरिरहेको छ । अधिकांश घटना लंकू धर्मचोक, भरतपुर व्यारेक पछाडि र बेलचोक क्षेत्रमा भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रबिन् विष्टले एकान्त ठाउँ पारेर सडकमा हिडिरहेका महिलाहरुको सिक्री लुट्ने गरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हतियारसहित एक जना र अन्य दुई जना पक्राउ परेका छन् । अन्यको पनि मोटरसाइकल नम्बर पहिचान भइरहेको छ । हामी खोजी र छानबिनकै क्रममा छौं ।’ उनले यो खालको चोरीका घटना चितवनमा नौलो भएको बताए । विभिन्न ठाउँमा चोरीका घटनाका पीडितहरु आज चितवन प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका छन् ।

घटनाः १

भरतपुर महानगरपालिका वडा नम्बर ७ की बिनमाया गुरुङको आइतबार बिहान ८ बजे बाइकमा आएका युवाले सिक्री तानेर लगे । लकेट चाही भूइँमा खस्यो । उनले नारायणी अनलाइनसँग भनिन्, ‘तीन तोलाको सिक्री थियो । घरको गेट नजिकै बाइक पछाडिबाट आएर, पछाडि सिक्री तान्दियो । च्यादर र सिक्री लग्यो , कोही मानिस चिनिन, छिमेकी भाईले स्कुटीमा लखेट्दै गएको थियो । त्रिचोकबाट कता गयो थाह नै भएन ।’

गुरुङसँगै चोरीका घटनाबारे जानकारी दिन आएका लंकू भगवती टोल सूर्यप्रसाद सापकोटाले जिल्लाको नजिकै भएर पनि असुरक्षित महसुस गरिरहनु परेको बताए । उनले भने, ‘सिक्री चोरी बढिरहेको छ । लुटेराहरु गाउँगाउँमा डुल्ने, कमजोर महिला देख्यो भने गलाको सिक्री देख्यो भने लुट्ने क्रम बढ्दो छ । उजुरी दिए पनि कसैले सुनेन, सुरक्षा निकायले सुरक्षाको प्रत्याभूति गर्दिनु पर्‍यो । सुरक्षाको प्रत्याभूति गराइदिनुपर्‍यो भन्ने कुरा लिएर उपस्थिति भएका छौं । यस्ता घटनाको शीकार हुनु नपरोस् । त्यही अनुरोध गर्न चाहन्छौं । ’

चितवन प्रहरी परिसरमा भेटिएका श्रीप्रसाद सापकोटा लंकू भगवती टोलका स्थायी बासिन्दा हुन् । जिल्लाको नजिकै भएर पनि असुरक्षित महसुस गरिरहेको भन्दै गुनासो गर्न उनी जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । उनले भने, ‘सिक्री चोरी बढिरहेको छ । लुटेराहरु गाउँगाउँमा डुल्ने, कमजोर महिला देख्यो भने गलाको सिक्री देख्यो भने लुट्ने गरेका छन् । उजुरी दिए पनि कसैले सुनेन । सुरक्षा निकायले सुरक्षाको प्रत्याभूति गर्दिनु पर्‍यो । सुरक्षाको प्रत्याभूति गराइदिनुप¥यो भन्ने कुरा लिएर उपस्थिति भएका छौं । यस्ता घटनाको शीकार हुनु नपरोस् । त्यही अनुरोध गर्न चाहन्छौं ।’

घटनाः २

प्रहरी कार्यालय चितवन पुगेकी भरतपुर ४ की लिला लीला विष्टले ८० वर्षको आमाको सिक्री चोरी भएको गुनासो गरिन् । उनले भनिन्, ‘ जेठको २ गते घर अगाडिबाटै सिक्री लग्यो । असुरक्षित भइयो, जिल्ला प्रहरी कार्यालय नजिकै पनि सुरक्षित महसुस नभएकोले सुरक्षा चाहियो । ’

घटनाः ३

भरतपुर महानगरपालिका–९ नम्बर वडाकी देवकुमारी घरबाट तल सडकमा के झरेकी थिइन् । मोटरसाइकलमा अगाडिबाट आएकाले फर्किएर आएर सिक्री ताने । उनको घाँटीमा नै घाउ देखाउँदै मुखमा पट्टी लगाएर आएका व्यक्तिहरुले सिक्री लुटेको बताइन् । उनले भनिन्, ‘बाइकको नम्बर प्लेट याद नै भएन । डेढ तोलाको सिक्री थियो । वरपर मानिस थिएन । एक्लै देखेर उनीहरुले त्यसो गरे । ’

भरतपुर ४ व्यारेक पछाडिका नेत्रराज सापकोटा पनि चोरीका घटना बढेको भन्दै प्रहरी प्रमुखलाई गुनासो गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जेठ महिना सुरु भएदेखि बिहान ८ नौ बजेकै समयमा मोटरसाइकलमा आएर सिक्री लुट्ने काम भइरहेको उनले बताए । उनले भने, ‘प्रहरीलाई खबर गर्दा भेटिएको छैन । प्रहरीलाई अनुरोध गर्दा, दिनदहाडै खोजेर हिडिरहेका छौं भन्दै छन् । प्रशासनले बुझ्ने कुरा हो ।’ उनले जिल्ला प्रहरी कार्यालयमा प्रहरी र कर्मचारी पर्याप्त छैन भने थपेर भए पनि शान्तिसुरक्षा कम गर्न माग गर्न आएको बताए । उनले एकदिनमा आठ नौं ठाउँमा सिक्री लुटिएकोले गुनासो पोख्न प्रहरीमा आएको नारायणी अनलाइनलाई बताए ।

घटनाः ४

भरतपुरको व्यारेक पछाडि घर भएकी विमला पाठक पनि अर्की पीडित हुन् । व्यारेक पछाडि लक्ष्मी भगवती टोलमा उनको घर छ । उनले भनिन्, ‘ चोरले घर फुटायो, नक्कली गहना सक्कली भनेर लगे । पुलिस प्रशासनलाई बाुेलाएम् । सामानहरु सबै भद्रगोल थियो । मोटरसाइकलको नम्बर प्लेट देखेको छ तर त्यती गर्दा पनि चोर समातेको छैन ।’

चितवनमा पेस्तोलसहित पक्राउ परेका प्रकाश विकलाई प्रहरीले यिनै घटनामा दोषी रहेको आशंका गरेको छ । आइतबार बिहान ६ः३० बजेको समयमा भरतपुर महानगरपालिका–८ घर भई हाल भरतपुर–५ मा डेरा गरी बस्ने ३२ वर्षीय विक प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले पेस्तोलसहित कोठाबाट पक्राउ गरेको हो । गत जेठ २३ गते भरतपुर–४ बाट कटुवा पेस्तोलसहित पक्राउ परेका दिपक पुन मगरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बेला विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विकको कोठा खनतलासी गर्दा कटुवा पेस्तोलसहितका विभिन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली दुई राउन्ड, एक लाख १४ हजार रुपैयाँ नगद, सुनको लकेट सहितको सिक्री एक थान, मोबाइलहरु ५ थान बरामद गरिएको छ । पक्राउ परेका अन्य दुई जनाको वृहत् जानकारी भने प्रहरीले दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>