Breaking News

प्रचण्डको निर्वाचन क्षेत्रमा स्वतन्त्र अभियानबाट धमेन्द्रको उम्मेदवारी घोषणा

Banner

चितवन, असार १२-

चितवन क्षेत्र नम्बर ३ बाट आगामी संघीय निर्वाचनमा धमेन्द्र सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।

बाँदरमुढे घटनाका पीडितलाई न्यायको मागसहित चितवनका जल्दाबल्दा समस्याको समाधानका लागि भन्दै स्वतन्त्र अभियानबाट उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

सापकोटाले सामाजिक सञ्जालबाट प्रचारप्रसार अभियान पनि सुरु गरिसकेका छन् । अब केही दिनभित्रमा नै उनी चुनावी प्रसारप्रसारको लागि चितवन आउँदै छन् ।

सापकोटा काठमाडौँको मेयर बालेन्द्र शाह र धरानमा मेयर हर्क साम्पाङ राई सहित स्वतन्त्र अभियानमा रहेर काम गर्दै आइरहेका छन् । भरतपुरको फूलबारी श्रीपुरका सापकोटाले प्ररम्भिक अध्ययन २०४९ सालमा श्रीपुर माविबाट पुरा गरेपछि आईए र बीए वीरेन्द्र बहुमुखी क्याम्पसबाट पूरा गरेका हुन् । उनले मिडिया व्यवस्थापन क्षेत्रमा झण्डै दुई दशक बिताइसकेका छन् । अहिले पनि काठमाडौँमा मुनलाइन टेलिभिजन सञ्चालन गरेका छन् । उनले भारतबाट चलचित्र र टेलिभिजनसम्बन्धी अध्ययन पूरा गरे भने श्रीलंकाबाट डिसहोम सम्बन्धी तालिम पूरा गरेका छन् । डीसहोम कम्पनीको उनी संस्थापक मध्ये एक हुन् ।

सापकोटाले चितवनका जल्दाबल्दा समस्याहरुको समाधानका लागि संघीय निर्वाचनमा उम्मेदवारी दिन लागेको बताएका छन् । उनले भने, ‘माडीको बाँदरमुढे घटनाका पीडितलाई न्याय दिने प्रमुख प्राथमिकता छ । माडी क्षेत्रमा आवतजावतको लागि जनावरमैत्री अन्डरपास बनाउने जस्ता विषय मेरो प्राथमिकतामा छ ।’ उनले ठोरी नाकालाई व्यापारिक केन्द्रको रुपमा विकास गर्ने विषयलाई मुख्य निर्वाचनको एजेण्डा बनाएका छन् । उनले भने, ‘माडीका नागरिकलाई अत्यास लाग्दो जंगली जनावर र सेनाको त्रासबाट मुक्त गर्न चाहन्छु ।’

धर्मेन्द्रले आफ्नो एजेण्डाबारेमा जनतालाई राम्रोसँग बुझाउन सकेमा चितवन क्षेत्र नम्बर ३ मा चुनाव जित्ने दाबी गरे । उनले भने, ‘स्वतन्त्र अभियान एउटा आन्दोलन हो । नागरिकको आवाज हो । पुराना दलहरुमा जस्तो नागरिकका कुराहरु एउटाले अर्काेलाई भन्दै कार्यान्वयन हुने पुरानो प्रक्रियामा जानु पर्दैन । हामी सिधै नागरिकमा समस्या समाधान गर्नेछौं ।’ उनले आफ्नो एजेण्डा राम्रोसँग चितवनबासीलाई बुझाएर देशव्यापी स्वतन्त्र अभियानबाट निर्वाचन जित्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>