इच्छकामना

पहिरो गएको तीन घण्टा पछि पृथ्वी राजमार्ग दुई तर्फि सञ्चालनमा

Banner

चितवन, असार १२-

चितवनको मुग्लिन नजिकै नाग्दी खोलामा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुई तर्फि सञ्चालनमा आएको छ । सुक्खा पहिरो खसेको तीन घण्टा पछि दिउँसो ३ बजे सडक सञ्चालनमा आएको हो ।

दिउँसो २ बजे सम्पुर्ण पहिरो पन्छाई दुबै तर्फ बाटो सुचारु भएपनि अन्दाजी ५ मिनेट पछि सोही स्थानमा पुनः अर्को पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको भनाइ छ । उनका अनुसार हाल उक्त पहिरो पुनः हटाई सडक दुई तर्फि सञ्चालनमा आएको छ ।

आज दिउँसो करिब १२ः१० बजेदेखि ईच्छाकामना – ४ नाग्दी खोलामा पहिरो खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>