देश/प्रदेश

हैजाको जीवाणु हुनसक्ने भन्दै ठेलामा पानीपुरी बेच्न रोक

Banner

काठमाडौँ, असार १२-

पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अनुसार अर्को निर्णय नभएसम्मका लागि महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाइएको हो ।

ललितपुरका मेयर चिरिबाबु महर्जनले पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा भएको भन्दै महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाइएको छ । त्यस्तै प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पार्ने भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>