देश/प्रदेश
दाइजो कम ल्याएको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या
०

अर्घाखाँची, असार ११-
अर्घाखाँचीमा श्रीमानले दाइजो कम ल्याएको भन्दै श्रीमतीको हत्या गरेको छ । मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरी बस्ने कमल भुसालले आफ्नी श्रीमतीलाई दाइजो कम ल्याएको भन्दै हत्या गरेको हो ।
दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि २७ वर्षीय सरु भट्टराई भुसाललाई विवाहको केही समयपछि नै दाइजोको विषयमा श्रीमानले तनाव दिदै आएको स्थानीय बुद्विराम खत्रीले बताए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले श्रीमतीको हत्या गरेका कमललाई पक्राउ गरेको छ । त्यस्तै उनले श्रीमती हत्या गरी सेउलाले ढाकछोप गरेर फालेका थिए । र यस बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । उनीहरुको एक वर्षको छोरा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























