गण्डकी

बजेटअघि नै ल्याएको भन्दै एमालेले च्यात्यो रातो किताब, पोखराको नगरसभा बहिष्कार

Banner

पोखरा, असार १०-

पोखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केहीबेरअघि सुरु भएको सभामा एमालेका सदस्यहरुले विरोध गरे ।
४ बजे बैठक सुरु भएपछि एमाले उठेर विरोध जनाएको थियो ।

दलको नेता राधिका शाहीले रातो किताब बजेट अघि नै आएको बिरोध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयो । ‘बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएको छैन,झ उनले भनिन्,  `राताे किताब कसरी आयाे आजै ?´

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएको छ । मेयर धनराज आचार्यले भने रातो किताब नभई ड्राफ्ट मात्र बनाएको बताए । ञयो रातो किताब हैन, ड्राफ्ट हो । छलफल पछि मात्र पास हुन्छ,झ उनले भने ।

शाहीले रातो किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>