गण्डकी

ब्युरोक्रेसी नसुध्रिएर हो नत्र सरकारका काम कारबाहीले गति लिन्थ्योः आरजु देउवा

Banner

म्याग्दी,असार ९-

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले ब्युरोक्रेसीले सुध्रिएको खण्डमा सरकारका काम कारबाहीले गतिशीलता पाउने बताएकी छन् ।काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीले आयोजित कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले ब्युरोक्रेसीलाई सुधार्दै अगाडि बढ्नुपर्ने दायित्व जनप्रतिनिधिको भएको बताइन् । उनले भनिन् , देशमा अहिले ब्युरोक्रेसी सुध्रिएको छैन, नत्र सरकारको काम कारवाहीले गति लिन्थ्यो । पार्टीका नेता तथा कार्यकर्ताले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ। टिकट नपाउँदाको तिक्तताले पार्टीभित्र नै दुर्घटना निम्तिने गरेको छ ।’

उखान टुक्का सुनाएर जनता हँसाउन काँग्रेसले नजानेको बताएकी छन्। काँग्रेसले देशको यथार्थ वस्तुस्थिति हेरेर विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना अगाडि बढाउने उनको भनाइ छ । काँग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्म नै जनताको गुनासा, समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने देउवाले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>