चितवन विशेष

वडामा कांग्रेस पराजित भएको भन्दै प्रदेश समिति सदस्य लामिछानेद्वारा राजीनामा

Banner

चितवन, असार ७-

पूर्वी चितवनमा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय प्रदेश समिति क्षेत्र नं १ ‘ख’ का सदस्य दण्डपाणि लामिछानेले पदबाट राजिनामा दिएका छन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट रत्ननगर नगरपालिका वडा नं १५ को वडाध्यक्षमा पराजित भएपछि नैतिकताको आधारमा उनले पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा लामिछानेले आफूलाई निर्वाचनमा हराउन पार्टीका जिम्मेवार नेताहरु लागेको भन्दै निर्वाचनको बारेमा सार्वजनिक भएका टिकाटिप्पणीलाई आधार मान्दा पदमा बसिरहनुको औचित्य नदेखेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

३१ वर्ष अघि कांग्रेसको पार्टी सदस्य लिएर नेपाली राजनीतिमा प्रवेश गरेका लामिछाने साविक पिठुवा गाविसको वडा समिति सचिव हुँदै उपसभापति तथा १२औं महाधिवेशनबाट गाउँ समितिको सभापति बनेका थिए । १३ औ महाधिवेशनबाट तत्कालिन निर्वाचन क्षेत्र नं २ को सचिव तथा १४औं महाधिवेशनबाट बागमती प्रदेश अधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भई चितवन क्षेत्र नं १ ख कार्यससमिति सदस्यमा निर्वाचित भएका थिए । उनले पटकपटक भएका पार्टीका प्रदर्शन र आन्दोलनमा पनि सक्रियरुपमा सहभागिता जनाउँदै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>