चितवन विशेष

भरतपुरमा राजस्व संकलनको जिम्मेवारी टोल विकास संस्थालाई दिनुपर्छ: उपमेयर अधिकारी

Banner

चितवन, असार ७-

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भरतपुरलाई समृद्ध महानगर बनाउनको लागि राजस्व संकलनको जिम्मा टोल विकास संस्थाहरुलाइ दिनुपर्ने बताएका छन् ।

उपमेयर अधिकारीले महानगर भित्रका हरेक टोलटोलमा राजस्व संकलनको बारेमा अभियान नै चलाउनु पर्ने पनि बताए । चितवन उद्योग संघले मगलबार भरतपुर महानगरपालिकाको सभा हलमा गरेको मेयर तथा उपमेयरलाई बधाई तथा सम्मान कार्यक्रममा उपमेयर अधिकारीले हामीले महानगरको विकास र समृद्धि चाहेकोले करको दायरालाई फराकिलो बनाउँदै लैजान टोलहरुकै सहयोग चाहिने बताए । कार्यक्रममा संघले भरतपुर महानगरपालिकाको समृद्ध विकासको लागि केही नीतिगत सुझावहरु समेत दिएको छ । संघले औद्योगिक ग्राम स्थापना र नेपालकै पहिलो औधोगिक पाठशालालाई सहयोग गर्नुपर्ने, सडकमा भएका बिजुलीका तार र टेलिफोनका तारहरुलाई संरक्षण गर्न महानगरको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै हाटबजारमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुपर्ने, महानगरको वेभ पोट्रलमा स्थानीय उत्पादनको बारेमा तथ्यांक राख्ने वातावरण मिलाउन, महानगर क्षेत्र भित्र टेकको पार्क निर्माण लगायतमा महानगरले सहयोग गर्न सघले आग्रह गरेको छ । कार्यक्रममा महानगर शैक्षिक माहाशाखाका प्रमुख महेन्द्र पौडेल, भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, १२ का अध्यक्ष लेखराज पन्त, १५ का अध्यक्ष श्रीकृष्ण देवकोटा र २६ का अध्यक्ष ज्ञानप्रसाद खनाल लगायतको सहभागिता रहेको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>