Breaking News

भरतपुरबासीलाई खुसी र सुखी बनाउन म अघि बढेँ: मेयर रेनु दाहाल

Banner

चितवन, असार ७-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताएकी छन् ।

८ औ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाइन्स क्लब अफ चितवन आरोग्यले आज भरतपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा औल्याएकी हुन् ।

मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताइन् । खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्ने कार्य गरिरहेका छौ, उनले भनिन्,‘भौतिक विकास र मानविय विकासलाई सँगै लैजानुपर्छ भन्ने हाम्रो चाहना छ । ११ औँ नगरसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमले यसलाई पुष्टि गर्छ ।’

भौतिक विकाससँगै मानवीय विकास गर्न नीति तथा कार्यक्रम निर्माण गरेर अगाडि बढेको उनले जानकारी दिइन् । भौतिक खुसीमात्र नभई मानसिक रुपमा खुसी हुन योगको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ ।

भरतपुरबासीले योगालाई महत्व दिनु भएकै छ, उनले भनिन् ,‘यहाँ योगाशाला, जिमखाना, एरोबिक, व्यामशाला, पतञ्जली योगपिठ निर्माण भइरहेका छन् । प्रत्येक वडामा योगा अभ्यास गर्नेको संख्या ठूलो छ । यस्ता केन्द्रले शारीरिक मात्र नभई मानसिक तन्दरुस्तीमा सहयोग पुगेको छ ।’

कार्यक्रममा संस्थाका सदस्य डा आन्नदप्रसाद रेग्मीले योगको सुरुवात शिव भगवानले गरेको पौराणिक कथामा उल्लेख भएको बताइन् । योगा पहिले मृत्युपछि मुक्ति पाइन्छ भनी योग गर्ने गरिएको कथन रहेको उल्लेख गरिन् । अहिले मुक्ति लागि भन्दा स्वास्थ्य रहन योग गर्ने गरिन्छ’–उनले भनिन् । कार्यक्रममा योगसँग सम्बन्धित विज्ञहरुले योगाको बारेमा जानकारी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>