अर्थ

नेपालमा मूल्य वृद्धिले हद नाघ्यो

Banner

काठमाडौं,असार ७-

दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत गरिएको मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् । जनताको ढाड सेक्नेगरी सरकारले पछिल्लोपटक आइतबार राति १२ बजेदखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ ।

मट्टितेल र डिजलको भाउ एकैपटक प्रतिलिटर २७ रुपैयाँले बढाएर १ सय ९२ पु-याइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर २१ बढाएर १ सय ९९ पु¥याइएको छ । एक महिनाको अवधिमा मात्र पेट्रोलियम पदार्थको भाउ ५९ रुपैयाँले बढाइएको छ ।

खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ३ सयले बढाएर प्रतिसिलिन्डर १८ सय पु(याइएको छ । आमजनताको अपेक्षाविपरीत सरकारले २०६२÷६३ को जनआन्दोलनपछि प्राप्त गणतन्त्रअघि प्रतिलिटर ५१ रुपैयाँमा पाइने पेट्रोलको भाउ निरन्तर बढाएर अहिले प्रतिलिटर १ सय ९९ पु(याइएको छ ।

– एकै महिनामा पेट्रोलमा ५९ रुपैयाँ बढ्यो

– एलपी ग्यास प्रतिसिलिन्डर ३ सय वृद्धि

– गणतन्त्रअघि ५१ को पेट्रोल अहिले १९९ रुपैयाँ

– मूल्यवृद्धि नियन्त्रणमा सरकार निरीह

– सरकार संवेदनशील नबनेको उपभोक्ताको गुनासो

– गाडी र हवाई भाडासमेत

– पेट्रोलियममा १०४ प्रतिशतसम्म कर असुली

आमनागरिकको ढाड सेक्नेगरी बढाइएको चर्को मूल्यवृद्धि नियन्त्रणमा सरकार असफलजस्तै देखिएको आमउपभोक्ताको गुनासो छ ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य भारी वृद्धि गरेसँगै सोमबारदेखि नै लागू हुनेगरी सार्वजनिक यातायातको भाडा, आन्तरिक हवाई भाडा पनि बढेको छ । सवारी साधनको भाडा, हवाई भाडादर मात्र नभएर अहिले हरेक वस्तुको ढुवानी समेत बढेको छ ।

ढुवानी भाडादरसँगै हाल दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि चरम रूपमा बढेकाले आमउपभोक्तालाई गम्भीर असर परेको उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाले बताएका छन् । उनीहरूले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले फितलो अनुगमन र सरकारी अकमर्यताले अस्वाभाविक रूपमा मूल्यवृद्धि भइरहेको बताउँछन् । यस्तो अत्यधिक मूल्यवृद्धिले गरिखाने न्यून आय भएका मजदुरलाई एकदमै मर्का पारेको उनी सुनाउँछन् ।

हाल, रसिया र युक्रेनबीचको आन्तरिक झगडालाई बहाना बनाएर निरन्तर बढेको पेट्रोलियम पदार्थको भाउ वृद्धि मात्र नभएर विगत डेढ वर्ष अघिदेखि नै खाने तेल, चिनी, गेडागुढी, दैनिक उपभोग्यवस्तुलगायत हरेक वस्तुको मूल्य बढाइँदा पनि सरकार मुकदर्शक मात्र भएकाले अहिले आमउपभोक्ताले यस्तो चरम मूल्यवृद्धिको मार खेप्न बाध्य हुनुपरेको बताए । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>