चितवन विशेष

भरतपुर प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता

Banner

चितवन, असार ६-

भरतपुर प्रज्ञा प्रतिष्ठानको कार्य समितिले आइतबार पूर्णता पाएको छ ।

भरतपुर महानगर सभाहलमा प्रतिष्ठानको पहिलो बैठकमा थप ६ जना सदस्यले सपथ लिएसँगै समितिले पूर्णता पाएको हो ।

गत चैत १५ गते स्थापना भएको संस्था ३१ सदस्यीय समितिले पहिलो बैठकसँगै पूर्णता पाएको छ । उपप्रमुख चित्रसेन अधिकारी, तीन जना कार्यपालिका सदस्यसहित ६ जनाले सपथ लिएका छन् । प्रतिष्ठानका कुलपति तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । स्थानीय तहको निर्वाचनले गर्दा प्रतिष्ठानले कुनै पनि गतिविधि सञ्चालन गरेको थिएन ।

भरतपुरको संस्कृति, साहित्य सभ्यताको संरक्षण, जगेर्ना, उत्थान गर्न प्रतिष्ठानको स्थापना भएको हो ।

प्रतिष्ठानमा कला, साहित्य, संस्कृतिलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरु प्रतिनिधित्व रहेको छ । सपथ ग्रहण गराएसँगै महानगर प्रमुख रेनु दाहालले प्रतिष्ठानले भरतपुर तथा समग्र राष्ट्रको बौद्धिक विकासमा महत्वपूर्ण योगदान रहने उल्लेख गरिन् । प्रमुख दाहालले प्रतिष्ठानको विकास एवम् सम्बद्र्धन गर्ने विषय महानगरको आगामी नीति तथा कार्यक्रममा समावेश गरिने बताइन् । प्रतिष्ठानले पहिलो बैठकमा १९ बुँदे प्रस्तावित कार्यक्रमहरू बारेमा छलफल गरिएको थियो ।

छलफलका क्रममा लोपोन्मुख भाषा, संस्कृतिको संरक्षण, स्थानीय कलाको संरक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृतिहरुको अनुवाद, महानगर पुस्तकाललाई व्यवस्थित गर्नेलगायतका विषयहरुमा छलफल गरिएको थियो । छलफलपछि प्रतिष्ठानले जर्नल, अनुसन्धान, पठन संस्कृतिको विकास, शब्दकोष, अन्तर्राष्ट्रिय कृतिको अनुवाद तथा भरतपुरको प्रज्ञिक गरिमालाई उच्च पार्ने गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाउने निष्कर्ष निकालेको प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मीले जानकारी दिए । प्रतिष्ठानले आगामी नगरसभाका लागि प्रतिष्ठानको तर्फबाट नीति तथा कार्यक्रममा प्रतिष्ठानको विकासको लागि प्रथमिकतामा राख्न मागसमेत गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>