अटो

चितवनमा अटोमोबाइल्स व्यवसायीलाई करबारे प्रशिक्षण

Banner

चितवन, असार ५-

चितवनका अटोमोबाइल्स व्यवसायीलाई करबारे प्रशिक्षण दिइएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल र चितवन अटोमोबाइल्स एशोसिएसनको संयुक्त आयोजनामा कर,भन्सार तथा भिसिटिएसबारे प्रशिक्षण दिइएको हो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाले प्रत्येक वर्षमा बजेट भाषणमा हुने परिवर्तनले ब्यापारीहरुमा अन्यौलता आउने बताए । उनले बजारमा तरलताको अभावले ब्यावसायिक गति लिन नसकेको भन्दै विश्वमा इलेक्ट्रिक साधनहरुको विकल्प नरहेको दाबी गरे । उनले भने, ‘ सरकारले अझ ब्यवस्थित रणनीति अबलम्वन गरेर देशमा रोजगारी अटो क्षेत्रबाट अझ बढ्ने र विदेशिएका रुपैयाँहरु रोकिने साथै यस्ता कर शिक्षा प्रशिक्षणले प्रत्येक प्रदेशमा गर्ने ब्यावसायीहरुको कर शिक्षा अन्यौलता हटाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख, भन्सार बिभागका प्रमुख, राजश्व अनुसन्धान बिभागका अधिकृत तथा सीए निकेत अग्रवालबाट ब्यावसायिक नीति नियम, समस्या समाधानका विषयमा प्रशिक्षण दिएका थिए ।

संस्थाको सचिव भिमप्रसाद सुवेदीले सञ्चालन गरेको सो कार्यक्रमको संयोजन संसथाका सह–कोषाध्यक्ष रामशरण भट्टराईले गरेका थिए । कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनवावु मल्ल, नाडाका कार्यसमिति सदस्यहरु, संस्थाका पुर्वअध्यक्षज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु र सदस्यहरु गरी १०० बढी अटोमोबाइल्स व्यवसायीको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>