Breaking News

नारायणगढ–मुग्लिन सडकः चाउचाउ किन्न झरेका बसका सह–चालक खोलामा खसेर बेपत्ता

Banner

चितवन, असार ५–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डस्थित एक बसका सह–चालक चिप्लिएर खहरे खोलामा बेपत्ता भएका छन् ।

राति दुई बसेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा काठमाण्डौबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसको सहचालक कैलाली गोदावरी नगरपालिका बस्ने बर्ष ३५ का तेजबहादुर बोहरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

बसको ढोकाबाट झरेर चाउचाउ किन्न भनेर निस्किएका बोहोरा खहरे खोलामा चिप्लिएर झरेको र खोलामा एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि शसस्त्र प्रहरीको बिपद ब्यावस्थापन तालिम शिक्षालय कुरिनटारको टोली मगाईएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो ६ घण्टा पहिरोले सो सडक खण्ड अवरुद्ध भएपछि अहिलेसम्म सवारी चापका कारण सडक अस्तव्यस्त बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>