अर्थ
आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार खुला, कति घण्टा खोल्ने तयारी ?
०

काठमाडौं, असार ३-
आजदेखि शुक्रवार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।
आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोवार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























