Breaking News

चितवनमा बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि उठ्यो शव

Banner

चितवन, असार २-

भरतपुरको मेघौलीमा बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको शव उठाइएको छ।

प्रहरीले अहिले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगेको बताएको छ ।

बाघले भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो । उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन् । साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो ।

निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए । प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए । उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान भन्दै विरोध गरेका थिए ।

चितवनमा बाघको आक्रमणबाट पछिल्लो तीन महिनामा १० जनाको मृत्यु भएको छ । केही दिन अघिमात्रै बाघको आक्रमणबाट भरतपुर–२३ र राप्ती नगरपालिकामा १÷१ जना घाइते भएका थिए । यसैबीच, चितवन राष्ट्रिय निकुञ्जको टोली हात्तीमा चढेर बाघ खोज्न जाने तयारी गर्दैछ।

उक्त टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>