Breaking News

कतै राष्ट्रघात र गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन्छुः अर्थमन्त्री शर्मा

Banner

काठमाडौं,असार २-

अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो दाबी गरेका हुन्।

उनले राजस्वका दरहरू परिवर्तन गर्ने आवश्यक प्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरू र सचिवहरूसहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको बताए।

अर्थमन्त्री शर्माले भने, ‘करका दरहरू परिर्वतन गर्ने सन्दर्भमा आवश्यक पक्रियाहरू छन्। परिर्वतन गर्दा सम्बन्धित विभागीय प्रमुख र सचिवहरूको कमिटीले बसेर करका दर परिर्वतन गर्ने प्रचलन रहेको छ। त्यो अनुसार भएको करका दरहरूप्रति म पूर्ण जिम्मेवारी छु। जवाफदेही छु। कतै राष्ट्रघात र गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवार लिन तयार छु। यहाँ कुनै राष्ट्रघात भएको छैन। देशको डलरको सञ्चिति, देशको आयात ,उत्पादन र देशको औद्योगिक कुरालाई कसरी अगाडि बढाउने भन्ने कुरालाईसमेत ध्यान दिएर करका दरहरू परिर्वतन भएको कुरा म स्पष्ट पार्न चाहन्छु।’ उनले कोरोना बीमा बापत पाउने रकम भुक्तानीको लागि बीमा कम्पनीहरूसँग छलफल भइरहेको पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>